काठमाडौं । नेपाली कांग्रेसले देशभरका ७५३ वटै पालिकामा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि आज अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको उपस्थितिमा केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको दुलालले जानकारी दिए ।
पार्टीले तोकेको क्षेत्रमा खटिने काठमाडौं उपत्यकामा उपलब्ध सम्पूर्ण प्रतिनिधिहरूलाई कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । त्यस्तै, उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि जुममार्फत भर्चुअल रूपमा सहभागी हुने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।
















प्रतिक्रिया