१३ मंसिर २०८३, आइतबार | November 29, 2026

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।

उनले हिरासतमा रहेका व्यक्तिलाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको, अनधिकृत व्यक्तिले मोबाइल जफत गरी दुरुपयोग गरेको र तयार पारिएको कागज पढ्न बाध्य पारिएको भन्ने आरोप गम्भीर रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापालगायत अन्य व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको हो भने त्यो सामान्य विषय नभएको आङ्देम्बेको भनाइ छ ।

‘यो विधिको शासनमाथिको गम्भीर प्रहार हो,’ उनले लेखेका छन्, ‘हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले सार्वजनिक गरेका तथ्यहरूले गम्भीर प्रश्नहरू जन्माएका छन् ।’

अनुसन्धानका नाममा दबाब दिएर आफूअनुकूल बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत भएको उनले बताएका छन् ।

आङ्देम्बेले इनम सापकोटा प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिँदै छ भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

यस्तो गतिविधि भइरहेको भए त्यो राजनीतिक प्रतिशोधमा मात्र सीमित नरही राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हुने उनको भनाइ छ ।

‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ उनले भनेका छन् ।

नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी भएको उल्लेख गर्दै आङ्देम्बेले यस विषयमा पार्टीको अडान स्पष्ट रहेको बताएका छन् ।

उनले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय समिति गठन, आरोपको सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ । राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुँदै होइन,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ११ : ४९ बजे

Your email address will not be published.

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

काठमाडौं । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक

लागूऔषधसहित चार जना पक्राउ

झापा । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य