नेपालगन्ज । नेपालगन्जमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपालगन्जमा आयोजना गरेको एक कार्यक्रमका बीच टीभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरिएको हो । नेपालगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी वली, नेपालगन्जको लागि जगदम्बा मोटर्स प्रा.लि. का आधिकारिक बिक्रेता ग्रेस एन्ड ग्लोबल ट्रेडिङका सन्चालक रणबहादुर शाही र विवेक पराजुली तथा कम्पनीका बजार विभागका प्रबन्धक विपिन बोगटीले संयुक्तरुपमा बजारमा नयाँ आएको मोटरसाइकल सार्वजनिक गरे ।
जगदम्बा मोटर्सले यो मोटरसाइकललाई कम्पनीले १६० सीसी वर्गकै सबैभन्दा शक्तिशाली मोडलका रूपमा दाबी समेत प्रस्तुत गरेको छ । कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० फोर भीमा पहिलो पटक प्रोजेक्टर अगाडिको बत्ती, अपसाइड(डाउन अगाडिको सस्पेन्सन र ५ इन्चको टीएफटी डिजिटल उपकरण प्यानल जस्ता अत्याधुनिक प्रविधि समावेश गरिएको छ । रेसिङ इन्जिनियरिङमा आधारित यो मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा सवारी सञ्चालन मोडल उपलब्ध छन् ।
१५९.७ सीसी क्षमताको इन्जिन रहेको यस मोटरसाइकलले स्पोर्ट मोडलमा १७.५५ पीएस तथा अर्बन र रेन मोडलमा १५.६४ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा दोहोरो च्यानल एन्टिलक ब्रेकिङ प्रणाली (एबीएस) र १२ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै नेपालगन्जका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता ग्रेस एन्ड ग्लोबल ट्रेडिङका सन्चालक शाहीले टीभिएस अपाचे नेपाली युवामाझ प्रदर्शन, शैली र प्रविधिका कारण लोकप्रिय रहेको उल्लेख गर्दै नयाँ मोडलले ग्राहकको विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, जगदम्बा मोटर्सका प्रिमियम बिक्री प्रमुख विपिन बोगटीले अपाचे ब्रान्डले २५ वर्षभन्दा बढी समयदेखि विश्वका ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी सवारी चालकको विश्वास जितेको बताउँदै नयाँ टीभिएस १६० फोर भीले १६० सीसी वर्गमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरे । कार्यक्रममा भिडियो सामाग्री प्रस्तुतिकरण गर्दै बोगटीले टीभिएस अपाचे आरटीआर १६० फोर भी टीएफटी नेपालभरका चयनित विक्रेतामार्फत उपलब्ध भइसकेको जानकारी दिए । उनले चाँडै देशभर विस्तार गरिने उल्लेख गर्दै अपाची मोटरसाइकल म्याट कालो, रेसिङ रातो र मरिन नीलो गरी तीन रङमा उपलब्ध रहेको बताए ।
यस मोटरसाइकलको शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।



















प्रतिक्रिया