२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

सरकारले गोदावरी-फूल्चोकीलाई घोषणा गर्‍यो वन संरक्षण क्षेत्र



काठमाडौं । सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो ।

वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

३ वैशाख ०७२ मा सर्वाेच्च अदालतले गोदावरी-फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न आदेश दिएको थियो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सीमानादेखि काभ्रेतर्फको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्नेगरी सोही जिल्लाको पनौती नगरपालिका-१ र २ अन्तर्गत फूल्चोकी डाँडादेखि भर्याङ खोल्सी, साल्दुङ खोल्सी र ललितपुरको सीमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र संरक्षण वनमा पर्नेछ ।

त्यस्तै, गोदावरी नगरपालिका-४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्र अन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सीमासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र पनि संरक्षण वनमा पर्नेछ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/06/GaThaVaRa-FaLCaKa-VaNa-SaRaKaShhaNae-KaShhaTaRa-GhaShhaNae-GaRaKa-SaCaNa.pdf”]

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ५७ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम