१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

पाकिस्तानका उस्मान वजीर बने ‘डब्लुबीए एशिया वेल्टरवेट’ उपाधि विजेता



इस्लामावाद । पाकिस्तानका उस्मान वजीरले अन्तराष्ट्रिय बक्सिङ संघले आयोजना गरेको बक्सिङ प्रतियोगितामा एशिया वेल्टरवेटको उपाधी जितेका छन् ।

पाकिस्तानको गिलगितस्थित लालक जान स्टेडिडममा भएको प्रतियोगितामा वजीरले दोस्रो चरणको भिडन्तमा थाइल्याण्डका फाटिफान क्रुङक्लाङलाई पराजित गर्दै डब्लुबीए एशिया वेल्टरवेट उपाधि जितेका हुन्। जित पछि, बक्सिङ स्टारले आफ्नो अपराजित कीर्तिमानलाई पाँच नकआउटको साथ ८–०मा विस्तार गरेका छन् ।

२२ वर्षीय बक्सर उस्मान वजीरले पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता ल्याउनमा प्रमुख भूमिका खेलेका थिए ।

यसबाहेक पाकिस्तानका मुहम्मद आसिफ हजाराले १०औं राउण्डमा इन्डोनेसियाका बक्सर राजी अकबरलाई हराउँदै ‘सुपर फ्लाईवेट’ उपाधि जितेका छन् ।

प्रतियोगितामा कुल दश वटा फाइट तय गरिएको थियो, जसमा तीनवटा टाइटल फाइटहरू थिए, जबकि अन्य सातवटा अन्तर्राष्ट्रिय बक्सिङ र्याङ्किङको को हिस्सा थिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पाकिस्तान, थाइल्याण्ड, अफगानिस्तान, युएई, क्यामरुन, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, नाइजेरिया र फिलिपिन्सलगायत १० देशका खेलाडीले भाग लिएका थिए ।

गिलगिट-बाल्टिस्तानले यस क्षेत्रमा अन्तर्राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्नको लागि पहिलो पटक बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ०० बजे

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क, सवारीअनुसार फरक दर

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन । जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन । दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको