५ माघ २०८२, सोमबार | January 20, 2026

१६ वर्ष देखि द्वन्द्वपीडितको पिडा जस्ताको तस्तै



बुटवल । विगत १६ वर्ष देखि द्वन्द्व पीडितहरुका लागि भनेर राखिएको कार्यक्रम आँसु बगाउने कार्यक्रम बाहेक अन्य उपलब्धी नहुने गरेको सरोकारवालाहरुले बताएका छन् । मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा बुटवलमा भएको नागरिक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले द्वन्द्व सकिएको लामोसमय पुग्दा पनि पीडितहरु पिडामै रहेको दुखेसो गरे । उनीहरुले आँसु बगाउने कार्यक्रमका रुपमा १६ वर्षभन्दा बढि कार्यक्रममै बितेको बताए । द्वन्द्घपीडितका परिवारलाई अझै पनि शिक्षा, रोजगारमा आवद्घ गर्न सरकार सफल नभएको गुनासो गर्दै उनीहरुले द्वन्द्वमा पिडितलाई सरकारले उपलब्ध गराउने घोषणा गरेको राहत रकम अझै पनि पाउन नसक्नु दुखद भएको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले द्वन्द्वपीडितको परिवारलाई रोजगारको तालिम अघि बढाएर थोरै भएपनि ब्यवसायमा जोड्ने र आर्थिक रुपमा सबल गराउन खोजिएको जनाए । घाईतेहरुको विवरण खुल्ने गरि परिचयपत्र जारी गर्ने प्रक्रियामा सरकार रहेको भन्दै उनले यसबाट उपचारमा सहजता मिल्ने बताए । द्वन्द्व पीडितलाई सम्बोधनमा सरकार अल्मलिएको स्विकार्दै उनले यो नियतबस नभई विधिप्रक्रियाको ढिलाई भएको बताए ।

अधिवक्ता महेन्द्र पाण्डेले सधैभरि द्वन्दको घाउ बल्झाउने भन्दा पनि समाधानको बाटोका रुपमा न्याय पाउने सरकारको दायित्व भएको बताए । संक्रमणकालिन न्यायको महत्त्वपूर्ण बुदामा परिपुरन भएको उल्लेख गर्दै उनले लुम्बिनी प्रदेश सरकार परिपुरन सम्बन्धि ऐन मस्यौदा तयारीमा रहेको जानकारी दिए ।

कार्यक्रममा पुर्व सभासद तथा द्वन्द पीडित परिवारका सदस्य सोनिया यादवले १६ वर्ष देखि आँसु बगाउने कार्यक्रमकारुपमा द्वन्द्व पिडितहरुको कार्यक्रम गरेर बितेको बताईन । उनले द्वन्द्घपिडितका परिवारलाई अझै पनि शिक्षा, रोजगारमा आवद्घ गर्न सरकार सफल नभएको दुखेसो गरिन् ।

द्वन्द्वमा पिडितलाई सरकारले उपलब्ध गराउने घोषणा गरेको राहत रकम अझै पनि पाउन नसक्नु दुखद भएको उनले बताइन । द्वन्द्वपिडितहरुलाई एउटै वर्गमा राख्न नहुने उनको सुझाव छ । उनले आर्थिक रुपमा कमजोर द्वन्द्व पिडितका परिवारलाई पीडा न्युनिकरण हुने गरि योजना ल्याउन सरकारसँग माग गरिन ।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले पिडितको पक्षमा वडास्तरबाट आवश्यक कार्यक्रम ल्याउने बताए । स्वस्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा ३ तहकै सरकारबाट हुने पहलमा आफुले सहयोग गर्ने प्रतिवद्घता जनाए । बुटवल उपमहानगरपालिकामा बसोबास गर्ने द्वन्द्व पिडित एकल महिलाहरुको निशुल्क स्वस्थ्य विमा गर्ने घोषणा गरिएको उनले बताए ।

समुहका अध्यक्ष राधिका श्रेष्ठले परिपुरन र सेवासुविधाबाट आफुहरुको पीडा अन्त्य नहुने तर थोरै भएपनि पिडा कम हुने बताईन । तीन तहकै सरकार बिचमा समन्वय अभावमा आफुहरु पिडामा रहेको उनले दुखेसो गरे ।

कार्यक्रममा समुहका प्रदेश अध्यक्ष जानकी घिमिरेले द्वन्द्व पिडितका परिवार कति छन भन्ने संख्या यकिन नहुदा पनि संगठित गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताईन ।

रुपन्देहीका २ सय ५० जना घाईतेहरुलाई प्रदेश सरकारले निशुल्क स्वस्थ्य बिमा गराएको संस्थाकी सचिव रिता सेनले बताईन । बुटवल उपमहानगरपालिकामा २५ घरधुरी र रुपन्देहीमा करीब १ सय ५० घरधुरी द्वन्द्व पिडित रहेका छन् ।

 

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : २६ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच