३ आश्विन २०८३, शनिबार | September 20, 2026

द्वन्द्व पीडितको सवाल स्थानीय सरकारको प्राथमिकतामा नपरेको पीडितहरुको गुनासो



नेपालगन्ज । स्थानीय सरकारले द्वन्द्व पीडितको समस्यालाई प्राथमिकतामा नराखेको सरोकारवालाले गुनासो गरेका छन् । द्वन्द्वपीडितको न्यायका लागि सरोकारवाला पक्षसँग सोमवार नेपालगञ्जमा गरिएको अन्तरक्रियामा सहभागी देवन्द्व पीडितहरुले पीडितहरुको समस्या संघको मात्र जिम्मामा छाडेर स्थानीय सरकार उम्कन खोजेको आरोप लगाए । उनीहरुले संघले समेत देवन्द्व पीडितको सवाललाई गम्भीर भएर नसोँच्दा लामो समय पिडा बल्झिरहेको बताए ।

नेपाल पिस विल्डिङ इनिसिएटिवले बाँकेका राजनीतिक दल, नागरिक समाज, मिडियाकर्मी, कानुन व्यवसायीलगायतसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पिस विल्डिङ इनिसिएटिवका निर्देशक सुवेन्द्र बोगटीले स्थानीयतहले द्वन्दपीडितहरुको सवाललाई प्राथमिकतामा नराखेको पाइएको बताए । उनले पीडितहरुको सवाल समेत फरकफरक पाइएको बताए । उनले कतिपय पीडितहरुले राज्यबाट शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता माग गरेको र कतिपयले भने न्यायको माग गरेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तारा खत्री, अधिकारकर्मी प्रकाश उपाध्याय, पत्रकार झलक गैरेलगायतले आ–आफ्नो सुझाव राखेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ५० बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब