२९ भदौ २०८३, सोमबार | September 14, 2026

द ब्रिटिस कलेजमा ‘विकेण्ड इएमबिए प्रोग्राम’ सेप्टेम्बरदेखि सञ्चालन हुने



काठमाडौ। द ब्रिटिस कलेजमा सेप्टेम्बरदेखि विकेण्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ ।

बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।

आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बनाइएको छ । यो प्रोग्रामको करिकुलम निकै लचिलो रहेको कलेजले जनाएको छ ।

यो प्रोग्राम विद्यार्थीहरुलाई शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतार कक्षाहरु सञ्चालन हुनेछन् । विद्यार्थीहरुले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण द ब्रिटिस कलेजले उपलब्ध गराउन लागेको हो ।

इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकिय अनुभव हुनुपर्नेछ । वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायिकहरुलाई यस विषयले लक्षित गर्छ । ब्रिटिस कलेजले आफ्नो नेटवर्कमार्फत विद्यार्थीहरुलाई अवसरहरु जस्तैः प्रमुख उद्योग सल्लाहकार बोर्डसँग भेट्ने, कन्सलटेन्सी प्रोजेक्टमा प्रदान गर्नेछ ।

ब्रिटिस कलेजमा विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तराष्ट्रिय एक्सपोजर पाउनेछन् ।

प्रोगामबारे चर्चा गर्दै विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत भन्छिन्,‘पछिल्ले समय प्रतिस्पर्धा बढ्लो छ । विश्वले निरन्तर व्यवसायको स्केलेविलिटीको बारेमा मात्र नभई समाजमा योगदान पुर्याउन सक्ने नेतृत्वको माग गर्दै आइरहेको छ ।

यसले यो पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउनेछ । व्यवसायिक रुपमा काम गर्न यो प्रोग्रामले महत्वपुर्ण भुमिका खेल्नेछ । हामीले सोही कारण यो प्रोग्राम ल्याएका हौँ जसले व्यवस्थापकिय नेतृत्वमा र परिवर्तनको भुमिका खेल्न व्यवसायिकहरुको आवश्यकता पुरा गर्दछ ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : ५९ बजे

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त