६ पुस २०८२, आइतबार | December 21, 2025

कुमुते च्याम्पियनसिप : १२ स्वर्ण पदकसहित नेपाल च्याम्पियन



काठमाडौं । भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान ९एसकेडियुएन०ले नेपालका लागि १२ स्वर्ण, दुई रजत र दुई कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको हो । नेपाल सोतोकान (एसकेडियुएन) टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

स्वर्ण जित्न सफल खेलाडीहरूमा वर्षा केसी (१३ वर्ष), झरना के सी (१४ वर्ष), सुरोज राजबाहक (१५ वर्ष), एन्जिला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ (६८ केजी माथि) छन् ।

यसैगरी, नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए । यस्तै रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजीमुनि)ले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, सात महिला र नौ पुरुष गरी १६ खेलाडी, चार रेफ्री र एक अफिसियल गरी २३ सदस्य छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ३० बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन