१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लुम्बिनी प्रदेशमा आजबाट प्रहरीको ‘चालक तथा यात्रुसँग १ मिनेट’ कार्यक्रम संचालनमा



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले आजबाट ‘चालक तथा याुत्रसँग १ मिनेट’ कार्यक्रम चलाएको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको सचेतना फैलाउने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरेको ती प्रहरी कार्यालयहरुले जनाएको छ ।

‘चालक र प्रहरीसँग १ मिनेट’ कार्यक्रमको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक नल प्रसाद उपाध्यायले उदघाटन गरे । बुटवलको राजमार्ग चौराहामा रात्री बसका चालक तथा यात्रुहरुसँग भेटघाट गर्दै कार्यक्रमको थालनी भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अभियानकारुपमा कार्यक्रमको थालनी गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

चालक तथा यात्रुसँग १ मिनेट कार्यक्रमको उदघाटन कार्यक्रममा बोल्दै डीआईजी उपाध्यायले दुर्घटना बाजा बजाएर नआएने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको उपाय भएको बताए । उनले प्रदेशमा हुने गरेका दुर्घटनालाई मध्यनजर गरेर प्रहरीले नयाँ कामको थालनी गरेको पनि बताए । चालक र यात्रुहरुलाई सहज वातावरण बनाउने कार्यक्रमको उद्देश्य रहेको बताउँदै उनले यस अभियानले दुर्घटनामा न्युनिकरण हुने विश्वास व्यक्त गरे । डीआईजी उपाध्यायले आजैबाट प्रदेशको ४ स्थानमा रिफ्रेस सेण्टर संचालनमा आएको पनि जानकारी दिए ।

लामो दुरीको सवारी चालकलाई केहि समय आराम, रिफ्युल भर्ने र सवारी साधनको मरमत सम्भार समेत गर्न मिल्ने गरि बर्दघाट, सैनामैना, लमही र कोहलपुरमा आजैबाट रिफ्रेस सेण्टर संचालनमा आएको छ ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल यातायात प्रालीका अध्यक्ष दधिराम खरेलले १८-२० जना यात्रु बोक्ने जहाजका पाईलटहरुलाई प्रहरीले सलाम ठोकेपनि गाडीका चालहरुलाई भने जरिवाना असुल गर्ने पात्रकारुपमा लिने गरेको बताए । उनले जरिवना असुली दुर्घटनाको न्युनिकरण गर्ने माध्यम हुन नसक्ने बताउँदै ट्राफिक प्रहरी यात्रु र चालकमैत्री बन्न नसकेको आरोप लगाए ।

कार्यत्रलमकैबीच बुटवलबाट काठमाडौका लागि छुटेको रात्री बसमा चढेर ट्राफिक प्रहरीका बरिष्ठ सहायक निरिक्षक ज्ञानु पाण्डेले चालक र यात्रुहरुलाई सवारी नियम तथा आउन सक्ने समस्याहरुका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ४३ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको