२१ भदौ २०८३, आइतबार | September 6, 2026

विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आजको दिनलाई विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनकारुपमा चित्रित गर्नुभएको छ । १३ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश प्रेशित गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति भएको बताउनु भएको छ ।

उहांले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बिश्वास ब्यक्त गर्दै प्रदेश सरकारले प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेको दोहोर्याउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले सन्देशमा शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको बताउंदै गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

उहांले गणतन्त्र दिवसले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्नुभएको छ ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको स्पष्ट पार्नुभएको छ ।

केन्द्रीय सरकारले अघिसारेको सुखी नेपाली समद्ध नेपालको लक्ष्य हासिल गर्न प्रदेश सरकारका तर्फवाट सार्थक योगदान दिन प्रतिबद्ध छौ । सन्देशमा भनिएको छ ।
उहांले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्नुभएको छ ।

सन्देशमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा सरकार केन्द्रीत रहेको बताउंदै नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको जनाउनु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ८ : ०४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त