२२ बैशाख २०८१, शनिबार | May 4, 2024

विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य : मुख्यमन्त्री पोखरेल



बुटवल । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आजको दिनलाई विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनकारुपमा चित्रित गर्नुभएको छ । १३ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश प्रेशित गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति भएको बताउनु भएको छ ।

उहांले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने बिश्वास ब्यक्त गर्दै प्रदेश सरकारले प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेको दोहोर्याउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले सन्देशमा शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको बताउंदै गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको उल्लेख गर्नुभएको छ ।

उहांले गणतन्त्र दिवसले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्नुभएको छ ।

ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको स्पष्ट पार्नुभएको छ ।

केन्द्रीय सरकारले अघिसारेको सुखी नेपाली समद्ध नेपालको लक्ष्य हासिल गर्न प्रदेश सरकारका तर्फवाट सार्थक योगदान दिन प्रतिबद्ध छौ । सन्देशमा भनिएको छ ।
उहांले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्नुभएको छ ।

सन्देशमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा सरकार केन्द्रीत रहेको बताउंदै नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेको जनाउनु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ८ : ०४ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ