६ पुस २०८२, आइतबार | December 21, 2025

एसिसी महिला ट्वान्टी २० : नेपाल एक खेलअघि नै सेमिफाइनलमा



काठमाडौं । तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी(२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३।४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए । वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाएका थिए । नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन् ।

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ५३ बजे

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक