२९ भदौ २०८३, सोमबार | September 14, 2026

स्माटच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन



काठमाडौ । नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड SCT र मोरु डिजिटल वालेट बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमका विच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशितोष साह बिच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको होे ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : १६ बजे

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त