२९ भदौ २०८३, सोमबार | September 14, 2026

व्यक्तिगत डिजाइनमा डेबिट कार्डको सुविधा उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक



काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।

बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।
यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ ।

कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् ।

ग्राहकहरुसंग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना सार्वजनिक गरेको हो । यस्ता नवीनतम प्रविधिहरुको प्रयाग गर्दै बैंकले समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १० : ४४ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका