२ भदौ २०८३, मंगलबार | August 18, 2026

माओवादी ध्रुवीकरणमा जोडिने भन्दै विप्लव नेकपाका चार नेताले छोडे पार्टी



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन् ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरुलाई हार्दिक धन्यवादसहित भविस्यमा फेरि पनि राजनीतिका कुनैमा भेट हुने अपेक्षा गर्दै आजदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौं ।’

टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले अपिल गरेका छन् । यसरी पार्टी परित्याग गर्नेमा पुनसहित पुनसहित सेती ब्युरो इन्चार्ज शंकरबहादुर खडका, दलबहादुर धामी र नरेश परियार छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ११ : २८ बजे

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको