१ माघ २०८१, मंगलबार | January 14, 2025

शान्तिपूर्ण राजनीतिमा आउने विप्लप नेकपाको प्रयासमा सरकारको अवरोध, नेता पक्राउपछि नेपाल बन्दको चेतावनी



काठमाडौं । खुल्ला राजनीतिमा आउने संकेत गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सो पार्टीका नेता धर्मेन्द्र वास्तोलाको पक्राउले पुनः भुमिगत हुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेलको नेकपा, र विश्वभक्त दुलाल ‘आहुति’ को वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मोर्चा बनाएर शान्तिपूर्ण आन्दोलनमा आउने संकेत गरेको विप्लप समूहलाई बास्तोलाको गिरफ्तारीले पछाडि धकेलिदिएको छ ।

केहिदिन पहिले मात्र उनीहरूले संयुक्त विज्ञप्ति जारी गदै संयुक्त मोर्चामार्फत आफ्ना कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

बास्तोला पक्राउ परेसँगै ‘विप्लव’ को प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ।

पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य बास्तोलाको गिरफ्तारीविरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलासहित विवेक कुमाल र रोजन रखाललाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

विप्लवले बिहीबार प्रेशित गरेको विज्ञप्तिमा सभा, जुलुश, मसाल जुलुशलगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ। विज्ञप्तिमा ३ गते देशब्यापी जुलुस प्रदर्शन गर्ने, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ४४ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती