२ चैत्र २०८२, सोमबार | March 16, 2026

औषधी व्यवसायीको स्थापना दिवसमा रक्तदान



बुटवल । नेपाल औषधी व्यवसायी संघ, रुपन्देही जिल्लाले आफ्नो स्थापना दिवस वृहत रक्तदान गरि मनाएको छ ।

संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै संस्थागत विकाससंगै सामाजिक हकहितमा आफुहरु निरन्तर लागेको बताए । रुपन्देहीमा नै पुरानो संस्थाको सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएको उनले बताए ।

कार्यक्रममा विशेष सल्लाहकार डा रोहित राज क्षेत्रीले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व वहन हुने गरि कार्यक्रम गर्दै आएको बताए । संस्थाको संघिय संरचना ब्यवहारमा लागू हुन नसक्दा आवश्यक रुपमा काम गर्न नसकेको बताए ।

संघका कार्यबाहक अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थागत हकहितका साथै विविध सामाजिक कार्य गर्दै आएको बताए । कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले कार्यक्रममा ५४ युनिट रगत संकलन भएको बताए ।

कार्यक्रममा संघका महासचिव पुरुषोत्तम भट्टराई, प्रदेश उपाध्यक्ष तथा संघका जिल्ला सल्लाहकार अमृत सुवेदी, सल्लाहकार प्रभा भण्डारी, रक्तसंचार केन्द्रका सदस्यसचिव राधा शर्माले रक्तदानको अभियानमा सबै लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ३१ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५