२७ भदौ २०८३, शनिबार | September 12, 2026

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग



जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगीसमेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच÷छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालवाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए । “अहिले चलिरहेको रेल सेवामै हामीले मालवाहक रेल सेवा पनि चलाउन माग गरेका छौँ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बोकुमार साहले भने, “नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालवाहक रेल चलाउन आफूहरु सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसमान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।” तथ्याङ्ककै आधारमा मालवाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताए ।

छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालवाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । “भारतबाट दैनिक कति परिमाणमा मालसमान ल्याइन्छ भनेर तथ्याङ्क मागेका छौँ”, उनले भने । तथ्याङ्क उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने झाको भनाइ छ ।

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन÷हल्टको व्यवस्था गरिएको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशनको व्यवस्था छ । रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । वातानुकुलित सेवातर्फ भने रु ४५० भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ५३ बजे

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई

दुजियाङयाङ : २,२५० वर्षदेखिको जीवित नदी सभ्यता, जहाँ मानिसले नदीसँगै बाँच्न सिक्यो

भदौ १० गते । नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभाग रसुवाको