२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग



जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगीसमेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच÷छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालवाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए । “अहिले चलिरहेको रेल सेवामै हामीले मालवाहक रेल सेवा पनि चलाउन माग गरेका छौँ”, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बोकुमार साहले भने, “नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालवाहक रेल चलाउन आफूहरु सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसमान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।” तथ्याङ्ककै आधारमा मालवाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताए ।

छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालवाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । “भारतबाट दैनिक कति परिमाणमा मालसमान ल्याइन्छ भनेर तथ्याङ्क मागेका छौँ”, उनले भने । तथ्याङ्क उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने झाको भनाइ छ ।

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गर्नुभएको थियो । त्यसयता रेल सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन÷हल्टको व्यवस्था गरिएको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशनको व्यवस्था छ । रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । वातानुकुलित सेवातर्फ भने रु ४५० भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ५३ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको