१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

लुम्बिनी प्रदेश भलिबल संघको प्रथम अधिवेशन, पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव



बुटवल । राष्ट्रिय खेल भलिबलको पुर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने खेलप्रेमीहरुले सुझाव दिएका छन ।

शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरुले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन ।

एक समारोहका बिच अधिवेशनको लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारका संरचनाहरु संघियतामा अघि बढ्दै गर्दा खेलकुद संघिय संरचनामा जान नसक्नु दुखद भएको बताए । संघिय सरकारको मातहतमा रहेका संरचनामा रहदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनले बताए ।

नितिगत रुपमा ऐन संशोधन गरृर संघिय संरचनामा पुन संरचना गर्न जरुरी रहेको उनले बताए । भलिबल खेललाई प्राथमिकता राख्दै यो प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरु आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए ।

साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागीले खेलमा राजनितिको प्रभाव देखिन नहुने भन्दै ब्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई ब्यवसायिक बनाउदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनिहरुको सुझाव दिए ।

कार्यक्रममा सचिव भिम वलीले प्रदेश संरचना नया हुदा केही कठिनाई देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने समेत उनले बताए । प्रदेश परिषद अन्तरगत रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरुलाई समेट्ने गरि अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्ला संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १२ : ५९ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र