६ पुस २०८२, आइतबार | December 21, 2025

मदन जयन्तीमा रुपन्देहीमा खेलकुद गतिविधि



बुटवल । ७१ औ मदन जयन्तीको अवसरमा रुपन्देहीमा विविध खेल गतिविधि शुरु भएको छ ।

कम्युनिष्ट नेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रको आयोजनामा बुटवलमा कलेजस्तरीय छात्रछात्रा भलिबल तथा चेस प्रतियोगिता शुभारम्भ गरिएको हो ।

बुटवलको सिद्धेश्वर माविको खेल मैदानमा एक समारोहका बिच पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै युवालाई खेलमाध्यमबाट अघि बढाएर देशको विकासमा लगाउन सकिने बताए ।

एमाले सरकारमा रहेका बेला एक वडा, एक खेल मैदान जस्ता खेल पुर्वाधार विकासका काम अगाडि बढाएको स्मरण गर्दै उनले खेलकुद पुर्वाधारमा धेरै कामहरु भएको दाबी गरे । खेल पर्यटनको सम्भावना नेपालमा रहेको उनले दाबी गर्दै खेल पर्यटनसंगै आर्थिक पाटोमा देशलाई फाईदा मिल्ने बताए ।

रुपन्देहीमा अन्तराष्ट्रियस्तरको ईन्डोर मैदानको अभावलाई पूरा गर्न आफू लाग्ने समेत प्रतिवद्घता जनाए । स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेल विकासमा आफुहरु संस्थागत रुपमा लागेको बताए । दिवसको अवसरमा पारेर सात वटा विद्यामा खेल प्रतियोगिताहरु देशका विभिन्न प्रमुख शहरहरुमा खेलाईएको उनले बताए ।

उद्घाटन सत्रमा आयोजना गरिएको मार्च पासमा कालिका मानव ज्ञान मावि उत्कृष्ट हुँदै नगद १० हजार रुपैयासहित ट्रफि प्राप्त गरेको छ । नवज्योति मावि सान्त्वना हुँदै २ हजार रुपैया नगदसहित ट्रफि प्राप्त गरेको प्रचार विभाग संयोजक अमृता अनमोलले बताईन ।

प्रतियोगिताको पहिलो दिन ५ वटा छात्रा र १ वटा छात्र गरि ६ वटा भलिबल खेलहरु सम्पन्न भएका छन । छात्रतर्फ भएको खेलमा गिवार्ण माबिले हरैया माबिलाई २-० को सोझो सेटमा पराजित गदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

छात्रातर्फ नवज्योति मावि तिलोत्तमाले सगरमाथा इगलिस बोडिंङ स्कूललाई २-१ को सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसैगरि कान्ति माविले सिद्धेश्वरी लालकुमारी माविलाई २-० को सोझो सेट, कुवरवर्ती बोर्डिङ स्कुलले सिद्धार्थ बोडिंङ स्कूललाई २-० को सोझो सेट, न्यु होराइजन माविले बुद्ध पब्लीक विद्यालयलाई २-० को सोझो सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

भलिबलतर्फ छात्रमा १८ र छात्रामा ११ टिमले भाग लिएका छन । चेसमा एक सय बढिले भाग लिएका छन । बेष्ट अफ थ्रिको आधारमा नटआउट प्रतियोगितामा खेलाईएको हो ।

भलिबलतर्फ प्रथम हुने टिमले नगद ५० हजारसहित कप, मेडल, प्रमाणपत्र, द्घितिय टिमले नगद ३० हजार रुपैया, तृतिय टिमले नगद २० हजार तथा सान्त्वना टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने भलिबल खेल संयोजक बुद्धि बश्यालले बताए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ७ : ०३ बजे

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट