१५ पुस २०८२, मंगलबार | December 30, 2025

पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामापत्र



काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेम आलेले राजीनामा बुझाएका छन् ।

मन्त्री आलेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । आलेले आज पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर राजीनामा बुझाएका हुन् ।

एकीकृत समाजवादीको शुक्रबार बसेको पोलिटव्यूरो बैठकमा आलेले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए ।

पार्टीले सरकारमा सहभागी मन्त्रीहरुलाई हटाएर अरु नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । मन्त्री हेरफेरको निर्णयमा बहालवाला मन्त्रीहरुसहित केही सांसदले असन्तुष्टि जनाएका िथिए ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेसम्म पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको थियो ।

एकीकृत समाजवादीको जेठ २२ गतेको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ३५ बजे

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको