५ मंसिर २०८३, शनिबार | November 21, 2026

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो



नारायणगढ । गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका-१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।

आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।

सहकारीमार्फत गत वर्ष २०० बिघामा आलु रोपिएकोमा यस वर्ष १०० बिघामा मात्रै रोपिएको उनले जानकारी दिए । गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उहाँले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताए ।

सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको १०० बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उनले जानकारी दिए । मेसिनले आलु र मल एकैसाथ रोप्ने छ।

खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको र उत्पादन एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन रहेको छ । उनले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताए ।

खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ८ : ५१ बजे

Your email address will not be published.

‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका कर्मचारीको समस्या, गुनासो

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ । गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस

तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य

नारायणगढ । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव-२०८३’