१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कृषिमा लुम्बिनी प्रदेश सरकार : श्रोत जनशक्तिमा अझै पनि कमजोर



बुटवल । लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा अझै पनि जनशक्ति र श्रोत साधनमा कमजोर रहेको कृषि क्षेत्रमा कार्यरत उच्च अधिकारीहरुले स्विकार गरेका छन् । आइतबार बुटवलमा प्रदेश सरकारको कृषि कार्यक्रम र प्रभावकारीताबारे पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरकारका कृषि क्षेत्रका अधिकारीहरुले प्रदेशको कृषि अझै पनि कमजोर अवस्थामा रहेको स्विकारेका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार कृषि तथा प्रविधि तथा भुमि सुधार मन्त्रालयका सचिव याम नारायण देवकोटाले किसानहरुको माग सिँचाई र यान्त्रिकिरण हुने गरेको बताए। उनले सरकारले किसानको माग अनुसार नै यसलाई सम्बोधन गरिरहेको दाबी गरे । यसैगरि सुचना प्रविधिको अधिकतम प्रयोग गरेर किसानको समस्या सम्बोधन गर्न गरि आधारभुत पुर्वाधार निर्माण गरिएको पनि उनले बताए ।

उनले कृषिको ब्यवसायिकरण गर्ने अभियानलाई जोड दिएर कानुनी र प्राविधिक रुपमा सहयोग गर्न सरकारले सफलता पाउँदै गरेको जनाउँदै रुकुमलाई अर्गानिक क्षेत्र घोषणा भएको र अन्य स्थानमा माटो सुधारको काम जारी रहेको जानकारी दिए।

लुम्बिनी प्रदेशमा १८.२ प्रतिशत नागरिक गरिबिको रेखामुनि रेहेको उल्लेख गर्दै सचिव देवकोटाले प्रदेशमा धानगहु र मकै उत्पादनमा राम्रो भएपनि त्यसलाई औद्योगिक बालिकारुपमा लैजान नसकिएको बताए उनले लुम्बिनी प्रदेशमा मात्र हाट बजार २३९ वटा स्थापना भईसकेको बताउँदै कृषिको ब्यवसायिकरणको अभियानलाई सरकारले जोड दिएको बताए ।

देवकोटाका अनुसार प्रदेशमा ३१ वटा कार्यालयमार्फत काम कृषि क्षेत्रमा कार्य सम्पादन भइरकेको भएपनि
बजेटको खर्चको हिसाबले कृषि उत्पादन घट्दो दरमा रहेको छ। अहिले ४ सय ३६ जना जेटिए मार्फत प्रदेशमा कृषि क्षेत्रमा काम भईरहेको छ ।

लुम्बिनी प्रदेशमा आव ०७५/०७६ स्मार्ट कृषि गाउको स्थापना भएको भएपनि त्यसमा भएका अव्यवहारिक प्रावधानका कारण स्मार्ट कृषि गाँउले प्रभाव पार्न भने सकेको छैन ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : १२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले