१६ बैशाख २०८३, बुधबार | April 29, 2026

अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट : मदन भण्डारी ग्रिन विजयी



बुटवल । ७१ औं मदन जयन्तिको अवसरमा मदन भण्डारी मेमोरियल अण्डर १८ इमरजिंङ स्टार क्रिकेट टुर्नामेन्ट आइतबारदेखि भैरहवामा सुरु भएको छ । सोमबारको खेलमा मदन भण्डारी ग्रिन विजयी भएको छ। सिद्धार्थ रंगशालामा सोमबार भएको खेलमा मदन भण्डारी ग्रिनले मदन भण्डारी ब्लुलाई १५ रनको जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको ग्रिनले २५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रनको लक्ष्य खडा गरेको थियो। उसका लागि सन्तोष यादव २२ बलमा १९ रन तथा सचिन १४ बलमा १४ रनको योगदान दिएका थिए। ब्लुका सागर गिरिले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर ३ विकेट लिएका थिए। यसैगरि प्रकाश गिरिले ४ ओभर बलिङ गर्दै १९ रन खर्चेर २ विकेट लिएका थिए।

मध्यम लक्ष्यलाई पछ्याएको ब्लुका ब्याट्सम्यानहरु २३ ओभरमा सबै बिकेट गुमाएर ९६ रनमा समेटिए। उसका लागि सुमित पराजुलीले १६ बलमा १६ रन तथा कमलेसले २५ बलमा १५ रनको योगदान दिएका थिए। कम स्कोरमा रोक्न ग्रिनका सन्तोष यादवले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १० रन खर्चेर शानदार ४ विकेट लिएका थिए। यसैगरि निरजले २ ओभर बलिङ गर्दै ११ रन खर्चेर २ विकेट लिए। खेलमा ग्रिनका सन्तोष यादव म्यान अफ दि म्याचबाट पुरस्कृत भएका थिए। सिद्धार्थ रंगशालामा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ४ समूह सहभागी छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : २२ बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस