१ पुस २०८२, मंगलबार | December 16, 2025

नाला र ढलको निकास बिना बुटवलको मुल सडक कालोपत्रे गर्ने प्रयास पहिलो वर्षामै भेलमा बग्यो (फोटो फिचर)



बुटवल । बुटवलमा ढल र नालीको उचित निकास ननिकाल्दै सडकमा कालोपत्रे गर्न थालिएपछि मनसुनको पहिलो वर्षाले नै सडकमा बिच्छाईएको संरचना बगाईदिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण बषौं देखि अलपत्र परेको सडक निर्वाचनको प्रतिबद्धता पुरा गर्ने भन्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको सक्रियतामा नाला र ढलको संरचना पुरा नगर्दै कालोपत्रेको तयारी गरिएको थियो ।

आज बिहानैबाट परेको वर्षाले कालोपत्रेकालागि तयार गरिएको संरचना बगाईदिएको छ भने सडक किनारका नाला तयार नहुँदा सडकमा पानीको भेल बगेको छ । राजमार्ग चिडियाखोला सडक खण्ड बिस्तार गर्न ६ वर्ष पहिले ठेक्का सम्झौता भएपनि सुरुमा स्थानीय घरधनीहरुले मुद्दा दिएका कारण बिस्तार कार्य रोकिएको थियो भने २ वर्ष अगाडि परियोजनाले मुद्दा जितेर सडक बनाउन भन्दै एमाले नेता विष्णु पौडेलले पटके शिलान्यास गरेपनि ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न सकेको थिएन ।

स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा बनेको सो सडक बनाउन भन्दै चुनाव जितेको भोलिपल्टबाटै नगर प्रमुख पाण्डे र उप प्रमुख साबित्रा अर्यालले मध्यरातमा समेत ड्युटी बसेर सडक निर्माणमा खटिएका थिए । सडक किनारका नालाको निकास पुरा नहुँदै जबर्जस्ती कालोपत्रेको तयारी गरिएको लुम्बिनी प्रादेशिक अस्पताल अगाडिका संरचना भेलले क्षति पु¥याईदिएको  छ ।

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडक मुद्धामामिला र स्थानीयको बिरोधका कारण ३ वर्ष रोकिएको थियो । आयोजना अन्तरगत राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सबै साईड क्लियर गरिसकेको अवस्थामा पछिल्लोसमय ठेकेदार कम्पनीको कारण राकिएको हो । उता ठेकेदार कम्पनीले भने ८२ रुपैया प्रति लिटर डिजल हुदा स्टीमेट भएको ठेक्का अहिले बढेर १ सय ९२ रुपैया प्रति लिटर हुँदा पनि भेरिफिकेसन नभएको दुखेसो गर्दै काममा सुस्तता देखाउने गरेको छ ।

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको कन्चनजंगा बिरुवा जेबी ठेकेदार कम्पनीले लापरवाही गरेको कारण समयमा बन्न नसकेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कुल ५० मिटर चौडाई र २७.५० किलोमिटर दुरीको सडकको यो आयोजनाको कुल लागत ६ अर्ब १३ करोड रुपैया रहेको छ । ५ अर्ब ५९ करोड रुपैया खर्च भैसकेको यो सडक पटकपटक बिबादका कारण रोकिदै आएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ४५ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा