२२ माघ २०८२, बिहिबार | February 5, 2026

नबिलले दियो फेलोहरुलाई ‘नबिल सामाजिक उद्यमशिलता’ अवार्ड



काठमाडौ । नबिल बैंकले सामाजिक उद्यमशिलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत  NABIL School of Social Entrepreneurship -NABIL SSE को पहिलो ब्याचको २० जना फेलोहरुलाई Enablers of Social Entrepreneurship Award प्रदान गरेको छ ।

CNIYEF Nepal ले असार ११ गते काठमाडौंमा आयोजना गरेको CNIYEF Nepal StartUp Fest 2022 मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो ।

२०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाबिद्यालय आबद्ध व्यवस्थापन सन्काए सग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।
फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् ।

हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ ।

सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न CNIYEF Nepal StartUp Fest 2022 प्रदान गरिएको आयोजकको भनाइ छ ।

CNIYEF Nepal StartUp Fest 2022  युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो । यस कार्यक्रममा नेपालमा उद्यमशिलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो ।

उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् । कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि, माननीय मन्त्री दिलेन्द् प्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकरीहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ११ : ४७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद