२० बैशाख २०८१, बिहिबार | May 3, 2024

लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९/०८० को बजेट प्रदेशसभाबाट पारित



बुटवल । लुम्बिनी प्रदेश सरकारले आव २०७९र८० का लागि प्रस्ताव गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज प्रदेश सभाबाट पारित भएको हो । आर्थिक वर्ष २०७९।०८० को लागि रु. ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड लाख, कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

बजेटको छलफलका क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि नै आगामी वर्षको बजेट प्रस्ताव गरिएको बताए । उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धीका लागि योजना निर्माण गरिएको बताउँदै त्यसमा सबैले सहयोग गर्नका लागि अपिल गरे ।

उनले प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रमहरु विचार दृष्टिकोण अनुसार बजेट सबैको साझा बनाउने प्रयत्न गरेको उल्लेख गर्दै माननीयहरुले आफ्नो दायित्व सम्झेर पारित गरि दिनका लागि आग्रह गरे ।

संसदमा जवाफ दिँदै आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले जनताको जीवन स्तर परिवर्तन गर्नका लागी नै बजेटमा संम्वोधन गरिएको दाबी गरे । उनले लुम्बिनी प्रदेशका आम जनताहरुलाई समृद्धि गर्नका लागि विभिन्न कार्यक्रम बजेटमा समावेश गरिएको जनाउँदै बजेट पारित गरेर सबैले साझा अभियानको रुपमा कार्यान्वयनमा अगाडि बढ्न अपिल गरे ।

यस्तै आज प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ०८ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक