२७ भदौ २०८३, शनिबार | September 12, 2026

रुपन्देहीमा छुट्टाछुट्टै स्थानका सडकमा २ जनाको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैना-१ बोलबम मार्गमा स्थानीय एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्ग सडकको करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेर मृत्यु भएको अवस्थामा ती युवा फेला परेका हुन् । बिहानै सडक किनारमा युवक पल्टेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना-४ सदवोदराका ३० वर्षीय दिपक कुमाल बाटोमा लडेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । घटनाको प्रकृति हेर्दा आफै अनियन्त्रित भई सडक छेउमा लडेको देखिएको र उनको निधारमा सामान्य चोट समेत लागेको ईलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेले बताए । शवलाई थव अनुसन्धानका लागि पोस्टमार्टम गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको उनले जनाए ।

सैनामैना-४ मा घर भएका उनी सैनामैनाकै वा नम्बर-१ मा कोठा भाडामा बस्दै आएका थिए । परिवारका अनुसार बुधबार साँझ करिब ९ः१० बजेको समयमा कोठामा जानका लागि घरबाट हिँडेका थिए । घरमै मदिरा सेवन गरेका उनी बीच बाटोमा समेत थप मदिरा सेवन गर्दा घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । परिवारले रातको करिब १२ः१ बजेको समयमा सम्पर्क गर्दासम्म उनलाई फोन लागेको थियो ।

आजै बहिान तिलोत्तमाको मणिग्राममा बेवारिसे अवस्थामा भेटिएका एकजना घाइतेको आज विहान मृत्यु भएको छ । सडक छेउमा घाइते अवस्थामा भेटिएका अन्दाजी ५०/५५ वर्षका पुरुषलाई स्थानीयले उद्दा गरि क्रिमसन अस्पताल मणिग्राम पु¥याएका थिए । क्रिमशनबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएकोमा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीले बताए । मृतक पुरुषको अन्य परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : १५ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित