१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

बजेटबारे उद्योगी-व्यवसायी : कोरोना असरबाट मानव जीवन बचाउने बजेट



काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पु-याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताउनुभयो । उत्पादनका लागि आउनुपर्ने आर्यक्रम भने अपेक्षा अनुसार आउन नसकेको उहाँले बताउनुभयो ।

यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको बताउनुभयो । तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उहाँले बताउनुभयो । कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उहाँले बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको सुझाव अनुसार विद्युतमा छुट दिइएको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागत योग्य भएको उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताउनुभयो । रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषयहरु राम्रो भएको बताउनुभयो । बाहिरबाट आउने व्यक्तिहरुलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकिकरण गर्ने विषय समेत समावेस भएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा कसरी अगाडी बढने विषय समेत प्रष्टसँग समेटिएको बताउनुभयो । उहाँले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउने समेत बताउनुभयो ।

होटल संघका पूर्व अध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताउनुभयो । होटल क्षेत्रमालगायत समग्र पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताउनुभयो । व्यवसायीहरुको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुर्नसंरचना कोष ल्याउनु सकारात्मक भएको बताउनुभयो । यस्तै उद्योग तथा प्रतिस्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताउनुभयो । कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उहाँले बताउनुभयो । आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरउन्नती गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्ने लगायतका कुरा आएकाले बजेट स्वागत योग्य छ । नीति कार्यक्रमहरु राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ७ : ५२ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा