१९ बैशाख २०८१, बुधबार | May 2, 2024

अभ्यास खेलमा नेपालले ओन्टारियोलाई हरायो



काठमाडौं । क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै १५१ रनमा समेटियो ।

ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सरार्फले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ४९ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका