२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

अभ्यास खेलमा नेपालले ओन्टारियोलाई हरायो



काठमाडौं । क्यानाडासँगको एकदिवसीय शृंखला लागि भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ ।

शुक्रबार राति नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२ ओभर ५ बलमा सवै विकेट गुमाउदै १५१ रनमा समेटियो ।

ओन्टारियोका रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले २९, निकोलस मनोहरले २५ रनको योगदान गरे । नेपालका पवन सरार्फले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल बनायो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाए । यस्तै, आसिफ शेखले ४२, देव खनालले २७, बसिर अहमेदले २४, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रनको योगदान गरे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

अब, नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ४९ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली