५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा छुट पाउने



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकमा विशेष छुट पाउने भएका छन् । यसै सम्वन्धमा इन्स्योरेन्स र ग्यालेक्सी स्पेसिलिटी क्लिनिक बिच सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेस्यालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेस्यालिटी क्लिनिक महाराजगंज, काठमाडौमा प्राप्त हुने सेवाहरु जस्तैः X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र OPD सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसिलिटि क्लिनिकसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ४८ बजे

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको