१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माको उम्मेद्वारी घोषणा



काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेद्वारी घोषणा गरेका छन् ।

परिषद्का वर्तमान उपाध्यक्षसमेत रहनुभएका शर्माले आज पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी दिए ।

शर्माले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसि क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

“ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरवेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो,”– उनले भने। ठमेलभित्रको स्थानीय रितिरिवाज र संस्कृतिको जर्गेना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यको रुपमा विकास गरिने शर्माले प्रतिवद्धता जनाए ।

ठमेलभित्र व्यवस्थित पार्किङ, ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरवेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराईने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ वोर्डलाई व्यवस्थित बनाइने शर्माले बताए ।

अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेवार शर्माले जानकारी दिए । अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भैसकेका छन् ।

विस २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आवद्ध छन् । ठमेल पर्यटन विकास परिषद्को २७ औँ साधारण सभा एवम् निर्वाचन आगामी असार ३२ गते काठमाडौंमा हुँदैछ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित