३ पुस २०८२, बिहिबार | December 19, 2025

भारतीय हस्तक्षेपले सीमा नाघ्यो, ठोरीमा भारतीय सुरक्षा फौजले सडक भत्कायो



पर्सा । नेपालको सीमा बारम्बार अतिक्रमण गरिरहेको भारले फेरि पर्साको ठोरीमा अर्को हर्कत गरेको छ । नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्दै भारतीय बर्दिधारी सुरक्षा फौज ठोरीस्थित नेपाली सिमाभित्र घुसेर नेपालको सडक भत्काएका छन् ।

ठोरी गाउँपालिका २ ठुटेखोलामा निर्माण भएको सडकलाई भारतीय प्रहरीलेले भत्काएको हो । बिहीबार अपरान्ह भारतीयहरु आएर सडक भत्काएका थिए ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल सञ्चालनका लागि भारतीय पक्षले प्रयोग गर्दै आइरहेको एउटा कुलो पुरेको थियो । भारततर्फ पानी लैजाने दुईवटा र नेपालको एउटा कुलो सडक बनाउँदा पुरिएको थियो ।

तर, नेपाली पक्षले सो कुलो बनाइदिने तयारी गरिसकेको अवस्थामा भारतीय बर्दिधारी फौज आउनुलाई सामान्य अर्थमा लिन नसकिने ठोरीका स्थानीले बताएका छन् । कुलो बनाइदिने तयारी भएपनि भारतीय प्रहरीको दादागिरी बढेको स्थानीय वडा नं. २ का वडाअध्यक्ष किशो तामाङले बताउनुभयो ।

हतियारसहित बर्दीमा आएका भारतीय सुरक्षाकर्मीको संरक्षणमा भारतका मान्छेले सडक खनेर पुनः कुलो बनाउने प्रयास गरेका थिए । ठोरीबासीको प्रतिवाद पछि उनीहरु साँझपख फर्किएका थिए ।

पर्साको ठोरी गाउँपालिका वडा नं २ र ३ जोड्ने ठुटे खोलामा तीन दिन अगाडी मात्रै सडक निर्माण गरिएको थियो। २०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको थियो। तर, भारतीय पक्षको अवरोधका कारण यो पुल अझै संचालन हुन सकेको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ३ : १९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको