२९ असार २०८३, सोमबार | July 13, 2026

भारतीय हस्तक्षेपले सीमा नाघ्यो, ठोरीमा भारतीय सुरक्षा फौजले सडक भत्कायो



पर्सा । नेपालको सीमा बारम्बार अतिक्रमण गरिरहेको भारले फेरि पर्साको ठोरीमा अर्को हर्कत गरेको छ । नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्दै भारतीय बर्दिधारी सुरक्षा फौज ठोरीस्थित नेपाली सिमाभित्र घुसेर नेपालको सडक भत्काएका छन् ।

ठोरी गाउँपालिका २ ठुटेखोलामा निर्माण भएको सडकलाई भारतीय प्रहरीलेले भत्काएको हो । बिहीबार अपरान्ह भारतीयहरु आएर सडक भत्काएका थिए ।

हुलाकी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल सञ्चालनका लागि भारतीय पक्षले प्रयोग गर्दै आइरहेको एउटा कुलो पुरेको थियो । भारततर्फ पानी लैजाने दुईवटा र नेपालको एउटा कुलो सडक बनाउँदा पुरिएको थियो ।

तर, नेपाली पक्षले सो कुलो बनाइदिने तयारी गरिसकेको अवस्थामा भारतीय बर्दिधारी फौज आउनुलाई सामान्य अर्थमा लिन नसकिने ठोरीका स्थानीले बताएका छन् । कुलो बनाइदिने तयारी भएपनि भारतीय प्रहरीको दादागिरी बढेको स्थानीय वडा नं. २ का वडाअध्यक्ष किशो तामाङले बताउनुभयो ।

हतियारसहित बर्दीमा आएका भारतीय सुरक्षाकर्मीको संरक्षणमा भारतका मान्छेले सडक खनेर पुनः कुलो बनाउने प्रयास गरेका थिए । ठोरीबासीको प्रतिवाद पछि उनीहरु साँझपख फर्किएका थिए ।

पर्साको ठोरी गाउँपालिका वडा नं २ र ३ जोड्ने ठुटे खोलामा तीन दिन अगाडी मात्रै सडक निर्माण गरिएको थियो। २०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको थियो। तर, भारतीय पक्षको अवरोधका कारण यो पुल अझै संचालन हुन सकेको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ३ : १९ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले