२० मंसिर २०८२, शनिबार | December 6, 2025

चीनको सियान सहरमा फेरि लकडाउन



बेइजिङ । कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।

गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए ।

आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण काेभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।

सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ ।

सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् ।

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय