३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

थाइल्यान्डमा पनि एनआरटीको हारबाट सुरुवात



काठमाडौं । मलेसिया भ्रमणपछि थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटी अभ्यास खेलमा स्थानीय कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ अन्तरले पराजित भएको छ ।

बिहीबार भएको मैत्रीपूर्ण खेलमा एनआरटीले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सफल भएन । एनआरटीको लागि संजोक राई र विदेशी खेलाडी स्टेफन समिरले एक एक गोल गरे ।

सजोकले ३२औँ मिनेटमा गोल गरेका थिए भने स्टेफनले ४८औँ मिनेटमा दोस्रो गोल गरे । युनिभर्सिटीका लागि चायसर्न, सुचोन सान्गुआन्दी, सेउङ चान्मुन, सुपकृत पेटसन र थिरासक खम्राङसीले एक एक गोल गरे ।

यसपछि एनआरटीले शीर्ष डिभिजनको चोनबुरी एफसी र थोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसअघि मलेसियामा एनआरटीले टिवाईटी कपमा दुई खेल खेलको थियो । दुबै खेलमा पराजित एनआरटीले १० गोल व्यहोर्दा १ गोल फर्काएको थियो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ४८ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका