२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलमा ठेकेदारको कम्पाउण्ड भित्र कामदारको शव



बुटवल । बुटवल उपमहानगरपालिका ११ मा रहेको निर्माण व्यवसायीको कम्पाउण्ड भित्र एक मजदुरको शव फेला परेको छ । बुटवल रङ्गशाला नजिक किरातेश्वर मैनाचुली अबिसा जेभी कन्ट्रकशनको कम्पाउण्ड भित्र सोही कम्पनीमा काम गर्ने मजदुरको शव फेला परेको हो । दाङको घोराही नगरपालिका ५ का ५२ वर्षीय रमेश डाँगी कम्पनीकै क्याम्प भित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो डाँगीको शव फेला परेपनि स्थानीयले प्रहरीले केही ढिला गरि खबर गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक पुष्करसिं ऐरेले बताए । प्रहरीका अनुसार मृतक डाँगी सोही क्याम्पको रेखदेख गर्ने मजदुर हुन् ।

मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको ऐरले बताए ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ३८ बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी