२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बजार मूल्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानका पदाधिकारीले सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीलाई बिहीबार भेटेर मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरू हुने गरेको उल्लेख छ । हरेक क्षेत्रमा सेटिङमा काम भइरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवं प्रभावकारी हुन नसकेको गुनासो गरिएको छ ।

जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याइ बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ ।

भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभाग, कार्यालय र निरीक्षण अधिकृतलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : २० बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक