२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप



सुर्खेत । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । ुहामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा बजेटमाथिको छलफलमा उनले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिइन् । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परीपार्टीले गर्दा समस्य उत्पन्न भएको बताएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  २ : ४६ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम