३१ असार २०८३, बुधबार | July 15, 2026

भरतपुर विमानस्थल, क्रिकेट रंगशाला, हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् ।

अघिल्लो सरकारको पालादेखि नै चितवनमा रहेका यी विकासका काम रोकिएका थिए ।

‘चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेलगायतबारे प्रधानमन्त्रीज्यूले तुरून्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिनुभयो,’ भरतपुर महानगरकी मेयर दाहालले भनिन् ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : ५८ बजे

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र