२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अझै सकिएन लुम्बिनीको प्रदेशसभा भवन निर्माण



दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।

प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाएपनि अहिले भवन निर्माणको काम पुरा हुन सकेको छैन ।

लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङमै नयाँ भवनमा बस्ने प्रदेश सरकारको तयारी छ । तर प्रदेश सभाको आउने अधिवेसनका लागि स्थायी राजधानी दाङमा आवश्यक पूर्वाधारहरु तयार भएका छैनन् ।

प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको भवन छिटो निर्माण सम्पन्न गर्न पटक(पटक निर्देशन दिएका छन् ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए ।

भदौ महिनासम्म प्रदेश सभाको भवन सम्पूणर् रुपमा तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने उनले बताए । प्रदेश सभा सचिवालयको भवन निर्माण कार्यका लागि टेण्डर प्रक्रियामा गएको प्राधिकरणले जनाएको छ । अहिले निर्माण भइरहेको प्रदेश सभाको भवन अस्थायी हो । स्थायी भवनको निर्माण केही समयपछि सुरु हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणको भनाई छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ४८ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा