२६ बैशाख २०८१, बुधबार | May 8, 2024

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित



काठमाडौं । आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ ।

नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ ।

टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३० रनमा अविजित रहे । नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए ।

स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए । यस्तै, आद्रियन नेइल र रिची बेरिङटनले समान एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइको स्कटल्यान्ठले ४२.५ ओभरमा १४४ रनमा अलआउट भएको थियो ।

लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाएका थिए । उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए । यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका सोमपाल कामी र आदिल आलमले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ६ : ४५ बजे

नयाँ दल दर्ता प्रक्रिया नै असंवैधानिक छ, हामी अदालत जान्छौं- अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको

झलनाथले एकीकृत समाजवादी पार्टी फुटाउन खोजेको भन्ने हल्ला गलत : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रू

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय