१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

सडक विस्तारसँगै बजारीकरण बढ्यो



सुर्खेत । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै दर्जनौ नयाँ बजार विस्तार भएको हो  । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन । त्यस्तै रुकुम पश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी रहेको छ ।

पूर्वी नेपालको पाँचथर जिल्लाको चियो भन्ज्याङदेखि मध्यपहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ । एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २१५ बस्तीलाई जोडेको छ । मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ ।

पहिलेपहिले नुनतेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो । पहाडका अप्ठ्यारा बाटा, घोप्टे भीर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपर्थ्यो  । तर, त्यस्ता भीर काटेर कालोपत्रे सडक आउँदा पुनर्जन्म भएको अनुभव भइरहेको स्थानीयबासी बताउँदै आएका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडकखण्ड दैलेख जिल्लाभित्र पर्दछ । दैलेखमा भगवतीमाई गाउँपालिका–४, सुयडा क्षेत्रबाट प्रवेश गरी दैलेखका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३, बेलखेतबाट बाहिरिन्छ । स्थानीय उत्पादनले बजार पाएको छ । घरघडेरीको मूल्यसंँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।

रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छ । स्थानीय नागरिक रोजगारीमा जोडिएका छन । स्थानीय पुरुषहरू मात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन । रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछामकोे बीचबाट पूर्व–पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्रमध्ये छवटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन । आन्तरिक वा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको छ ।

लोहोरेखोलादेखि जाजरकोट जिल्लाको थलाहबजार सम्म ५२ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नति कार्य भइरहेको छ । छवटा निर्माण कम्पनीको ठेक्का रकम कुल दुई अर्ब ६५ करोड रुपियाँ रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताए ।

पुष्पलाल लोकमार्ग योजना कार्यालय दैलेखअन्तर्गत पूर्वीरुकुम, पश्चिम रुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्दछ । रुकुमपूर्वदेखि अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ११ : १६ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी

कोशीकी जसपा सांसद निर्मला लिम्बूद्वारा अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका