२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

महोत्तरीमा अत्यधिक गर्मी, बिरामीको संख्यामा वृद्धि



महोत्तरी । तराईमा यतिबेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ । पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन । अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखी बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।

जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिन यता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा‍। साहको भनाइ छ ।

सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ ।

जिल्लाको बर्दिबास सर्पदंश उपचार केन्द्र गौरिडाडामा मात्र दुईजनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको संख्या अधिक बन्दै गएको छ । गर्मीकै कारण लामखुट्टेको संख्यामा समेत वृद्धि भएको छ । जसको कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरु बढेको चिकित्सकहरूको बताए ।

अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ । घमाउरा उने र घाउसमेत हुनाले घरमै प्राथमिक उपचार गर्ने गरेको रामगोपालपुरका रामरन्जन बताउछन् ।

महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ । अत्यधिक बढेको गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छ्न् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १२ : १० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन