१३ बैशाख २०८३, आइतबार | April 27, 2026

राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुबै वृद्धि



काठमाडौं । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको हो ।

सरकारले गत आर्थिक वर्ष २०६८/६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्,विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो ।

हालसम्म राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न २४ वटा आयोजना रहेका छन् । गत आर्थिक वर्ष २०७७/७८ सम्म उक्त आयोजनाले प्रगति विवरण न्यून रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । १० वर्षदेखि प्राथमिकताका साथ कार्य हुँदै आएकोमा माथिल्लो तामाकोशी आयोजना बाहेक अन्य आयोजना सम्पन्न हुननसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, खरिद कार्य गर्नुपूर्वका कार्य जग्गा प्राप्ति र क्षतिपूर्ति, वातावरणीय प्रभाव मूल्याङ्कन प्र्रतिवेदन स्वीकृति, सीमाकङ्न, रेखाकङ्कन लगायतका कार्य सम्पन्न नगरी निर्माणको खरिद गर्नु, अन्तर निकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्याङ्कन लगायतका समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुबै बढी भएको उल्लेख गरिएको छ ।

यी हुन लागत र समय दुबै थपिएका आयोजना

महालेखाको प्रतिवेदन अनुसार २४ वटा राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विभिन्न १० आयोजनाको लागत र समय दुबै थपिएका छन् । गत आर्थिक वर्ष २०६६/६७ सालमा निर्माण सुरु गरिएको रेल्वे तथा मेट्रो विकास आयोजनाले भौतिक प्रगति शून्य रहेको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म रु २४ अर्ब ४७ करोड खर्च भए पनि भौतिक प्रगति शून्य देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त आयोजना निर्माणका लागि सरकारले रु पाँच खर्ब ५५ अर्ब २२ करोड खर्च हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष २०६५÷६६ सालमा निर्माण सुरु भएको उत्तर दक्षिण ९कर्णाली करिडोर० को भौतिक प्रगति २८ प्रतिशत मात्र रहेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म रु ११ अर्ब ३० करोड बढी खर्च भइसकेको छ ।

यस्तै, गत आर्थिक वर्ष २०६५/६६ मा निर्माण सुरु भएको उत्तर दक्षिण ९कोसी करिडोर० लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत रहेको छ । २०८०/८१ मा सक्नुपर्ने उक्त आयोजनाका लागि हालसम्म रु ३० अर्ब ५८ करोड खर्च भइसकेको छ । प्रतिवेदन अनुसार महाकाली सिँचाइ आयोजना, उत्तर दक्षिण कालीगण्डकी आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी मरिन डाइभर्सन आयोजना, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, काठमाडौँ तराई–मधेश द्रुतमार्ग लगायतका आयोजनाको प्रगति न्यून रहेको छ ।

पुष्पलाल ९मध्य पहाड० राजमार्ग आयोजनाको हालसम्म ५७.८४ प्रतिशत भौतिक प्रगति भएको छ । २०६४/६५ सालदेखि निर्माण सुरु गरिएको उक्त आयोजना २०७९/८० मा सक्ने लक्ष्य राखिएको छ । उक्त आयोजनाका लागि सरकारले रु ८४ अर्ब ३३ करोड छुुट्याएकोमा हालसम्म रु ५३ अर्ब ३४ करोड खर्च भइसकेको छ ।

-रासस

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १ : ५७ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र