२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुकुम्बासीका पीडा : हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)



राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन । वर्षा याममा नदि पस्ने त्रासले रातभर अनिदो बस्छन सुकुम्बासीहरु । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई । हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ ।

सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन नै सरकारको पनि खिल्ली उडने गरेको छ । सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन । सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन । वरपर वन, बुटयान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ । स–साना झुपडी र टहराबाट वर्षौंअघि शुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ । कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि शुरु भइसकेको छ ।

सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम शुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन । तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँडनुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ । कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्वासी बस्ती आशाको सञ्चार भएको छ ।

न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले यी पीडालाई क्यामेरामा कैद गरेका छन् 

राजधानीको गैरीगाँउ नजिक रहेको बस्ती र अस्तव्यस्त सडक ।
ललितपुरको गोदवारीस्थित नगरमा रहेको बस्ती । यहाँ २ सय ५० भन्दा धेरै सुकुम्बासीको घर टहरा रहेको छ ।
काठमाडौंको जडिबुटी बसेको सुकुम्बासीको नयाँ बस्ती ।
भक्तपुरको मनहरामा रहेको बस्ती यहाँ झण्डै १ हजार १ सय घर टहरा रहेका छन् ।
सिनामंगलको वागमती किनारमा रहेको बस्ती ।
काठमाडौंको सिनामंगल वागमती बस्तीछेउ रहेको बस्ती ।
सिनामंगलको वागमती कोरिडोरमा रहेको बस्ती ।
काठमाडौंको टेकुस्थित वागमती किनारमा सुकुम्बासी बस्तीमा बनाइएको पक्की घर । यहाँ एउटा सटरको रु.१० हजारदेखि १५ हजारसम्म लिएर भाडा लगाइन्छ ।
काठमाडौंको थालाथली बस्ती ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : २१ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक