१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रदेश खारेज गर्न सजिलो छैन, कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन : शेखर कोइराला



चितवन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ ।

केही केन्द्रीय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा, शेखर कोइरालाले बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।

गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।

स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।

१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।

‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।

रुस र युक्रेन बीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यवद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ४२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र