२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवलमा सामुहिक नृत्य सहितको योगा संचालन



बुटवल । बुटवलमा सुनौलो बिहानी फुर्तिलो समुहले स्वस्थ जीवन हाम्रो अभियान भन्ने उद्देश्य सहित नृत्य सहितको योगा शुरु गरेको छ। ‘बिहानै उठौ ब्यायाममा जुटौ, बिहानै उठौ नाचौ ब्यायाम गरौ स्वस्थ रहौ’ भन्ने नाराकासाथ समुहले अभियान थालेको हो ।

समुहका ४ सय सदस्यहरु बिहानै हरियो र पहेंलो टिसर्टमा सजिएर बुटवललका बिभिन्न स्थानमा नृत्य सहितको योगामा जुट्ने गरेको सो समुहले जनाएको छ । लक्ष्मीनगरको लक्ष्मीपार्क र बुटबलको मणीमुकुन्द पार्कमा नृत्य सहित ब्यायाम गरिने गरेको समुहका सदस्य तिर्थराज पङ्गेनीले बताए । हरेक सदस्यको १५/१५ दिनमा सरिरको तौल चेकजाच गर्ने तथा ब्यायाम र नृत्य योगाबाट फाईदा बेफाईदाबारे बुझ्ने गरिएको उनले बताए ।

स्वस्थ्य जीवन मानिसको आवश्यक्ता भएकाले बिहानको ब्यायाम नृत्य सहितको योगा मानीसहरुका लागि महत्वपूर्ण हुने सुनौलो बिहानी फुर्तिलो समुहका अध्यक्ष अनन्त थैबले बताए ।

‘जीवनमा स्वस्थ रहने निरोगी भएर बाच्ने कला सिकाउन यो अभियान संचालन गरिएको हो, आफु स्वस्थ बनौ घर स्वास्थ बनाउ भन्ने हाम्रो लक्ष्य हो।’–अभियानका मुख्य प्रशिक्षक विष्णुमायाँ श्रेष्ठले भनिन् । योग अभियानमा टि.वि. श्रेष्ठले समेत योगा तथा नृत्यको विषयमा प्रकाश पार्ने गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ५५ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ