६ बैशाख २०८३, आइतबार | April 19, 2026

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि प्रहार : एमाले महासचिव पोखरेल



पोखरा । एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् ।

पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत स्रोत नखोज्ने गरी लगानी गर्न दिने नीति ल्याउनुभयो । त्यसपछि हुण्डी र विभिन्न माध्यमबाट पैसा नेपाल आयो । त्यही कालोधनलाई सेतो बनाउन गभर्नरले रोक्न लाग्दा उहाँलाई हटाउने प्रयास भएको हो ।’ उनले गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रमाथि हुन लागेको गम्भीर अपराधको विरुद्ध डटेर सामना गरेको भन्दै प्रशंसा गरे ।

एमालेको अर्थ विभागमा उनै गभर्नर अधिकारीलाई राखिएको पत्रकारको प्रश्नबारे गलत होहल्ला फैलाइएको उनको दाबी छ । ‘राजधानीमा फेक न्युजका कारखाना हुन्छ । त्यही कारखानाले प्रायोजित समाचार लेखेका छन्, त्यसको प्रभाव यहाँ पनि परेको छ,’ उनले भने, ‘एमालेले आधिकारिक धारणा ल्याइसक्यो । वक्तव्य जारी गरिसकेपछि आधिकारिक कुरा त्यहि हो ।’

उनले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारी भनेको दाबी गरे । तर अधिकारीले भने आफूलाई विभागमा रहेको जानकारी नभएको बताइसकेका छन् ।

पोखरेलले अब नेपालका पार्टीहरू दुई लाइनमा ध्रुवीकरण हुनुपर्ने बताए । ‘धेरै पार्टी भएर मात्रै लोकतन्त्र हुँदैन । देशको समृद्धिका लागि गठबन्धनभन्दा ध्रुवीकरण राम्रो हो,’ उनले भने, ‘बुर्जुवाको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील नेतृत्व एमालेले गर्छ । अरु सबै पार्टी यसैमा ध्रुवीकरण भए हुन्छ ।’

माओवादी र एकीकृत समाजवादीलाई समेत एमालेमा पुनः एकीकरण गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा पोखरेल भन्छन्, ‘हामी नीति र नेतृत्वमा विश्वास राख्छौं । उहाँहरू त्यसमा सहमत हुनुहुन्छ भने ठिक छ । तर यही अवस्थामा एकीकरण सम्भव छैन ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ३१ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका