२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सेयर बजार दोहोरो अंकले बढ्यो



काठमाडौ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचक आज १८ अंकले वृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिद(बिक्री भएको छ । कम्पनीको आज एकैदिन नौ करोड ३४ लाख रुपैयाँभन्दा माथि कारोबार भएको छ ।

त्यस्तै, एसिएन लाइफ इन्स्योरेन्सको सात करोड ३९ लाख, अपि पावरको पाँच करोड ८९ लाख, अपर तामाकोसीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको चार करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ०२ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको