२९ भदौ २०८३, सोमबार | September 15, 2026

एमाले र काँग्रेसको भागवण्डा मिलेपछि तिलोत्तमा नगरको नगरसभा सुचारु



बुटवल । बहुमतमा रहेको एमाले र गृहप्रशासनको आडमा पेलेर जाने मनस्थितीमा रहेको तिलोत्तमा काँग्रेसबीच भागवण्डामा सहमती मिलेसँगै ३ पटक सम्म स्थगन भएको तिलोत्तमा नगरपालिकाको नगरसभा सुचारु भएको छ ।

नगरसभामा देखिएको विवादमा प्रशासनको हस्तक्षेप र निर्वाचित वडा अध्यक्षलाई पौडी पोखरीमा ढकेल्ने सम्मको हर्कतमा पुगेको विवाद अन्ततः ५ वटा समितिमा सहमतिमा गठन गर्ने निर्णयकासाथ टुङ्गिएको छ । काँग्रेसले भाग खोजेको र एमालेले नमानेको उपमेयर नेतृत्वको न्यायिक समिति सहित लेखा समिति, बिधायन र बिधेयक समितिमा भागवण्डाका आधारमा गठन गर्न दुईदलका नेताहरुबीच सहमति भएसँगै नगरसभा सुचारु भएको हो ।

५ वटा समिति सहमतिका आधारमा गठन गर्ने, नगरसभामा भएको प्रहरी हस्तक्षेपको नगरसभाबाट खेद प्रस्ताव पास गर्ने र गलत गर्नेलाई छानविन गरि कारवाहीको माग गर्ने जस्ता विषयमा सहमति भएको एमाले नेता मोहन चापागाँईले जानकारी दिए । सर्वदलीय बैठकमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारवाहीको माग गर्ने दलीय सहमति भएपनि नगरसभाले भने छानविन गरि गलत गर्नेलाई कारवाहीको माग गर्ने गरि सहमति भएको चापागाँईले बताए ।

दुईदलबीच भएको सहमतिमा नियमित प्रक्रियाबाट बजेट पास गर्ने, नगरप्रमुखले सबैलाई समेटेर कार्यसंचालन गर्ने, प्रमुख कार्यकारी अधिकृतले कुनै एकदलको पक्षमा क्रियाकलाप नगर्ने जस्ता विषयहरु रहेको समेत उनले बताए ।

दलहरुबीत सहमति भएसँगै उपमेयर जागेश्वरी देबी चौधरीले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा लागेको ताला खोलिएको छ भने नगरसभा पनि संचालन भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : २२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ